बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंको रविभवनमा रहेको होटल क्राउन इम्पेरियलमा सेवा लिँदा छुट पाउने भएका छन् । बैंकले होटलसँग गरेको सम्झौताअनुसार बैंकका ग्राहकले होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने छन् ।
बैंकका ग्राहकहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा सो छुट पाउनेगरी सम्झौता भएको बैंकले जनाएको छ ।
उक्त सुविधा उपयोग गर्न ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरि भुक्तानी गर्नुपर्ने छ ।
होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
