काठमाडौं । नासा सेक्युरिटिजले आफ्ना ग्राहकका लागि ट्रेडिङ सिस्टममा ‘नासा एक्स–प्रो चार्ट’ नामको अत्याधुनिक र आकर्षक फिचर ल्याएको छ । यो फिचर अन्तर्राष्ट्रिय शेयरबजारमा रुचाईएको छ ।
अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर किनबेचका लागि पोजिसन ट्र्याक गर्न र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि नेपालमा यो फिचर पहिलोपटक उपलब्ध गराएको हो ।
नासा सेक्युरिटिजले एक्स–प्रो चार्टको विभिन्न टेक्निकल चार्ट र विश्लेषणका माध्यमहरुमा कुनै शुल्क तिरेर सब्सक्राइब गर्न नपर्ने सुविधा ल्याएको हो । ग्राहकले अब सजिलैसँग चार्टमा चाहेको कम्पनीको शेयरको गतिविधि हेर्न सक्नेछन् ।
चार्टमार्फत विभिन्न क्रियाकलापहरु, फन्ड लोड गर्ने र आफ्नो होल्डिङ रिपोर्ट हेर्न पनि सकिने कम्पनीले जनाएको छ ।
