बैंकको खबर । मातृभूमि लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बखतबहादुर बटाला नियुक्त भएका छन् ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले राजीनामा दिएपछि मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २ गते मंगलबारदेखि लागु हुनेगरी बटालालाई निमित्त प्रमुखकार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
