बैंकको खबर । एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘NIC ASIA Share Loan’ आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।
बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा शेयर कर्जा योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने र कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासाको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको पनि जनाएको छ ।
