बैंकको खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफबाट शेयरधनीमा वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न मंसिर २६ गते वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले सो दिन बुटवलको होटल सेफ्रन सि.के.प्रालिमा सत्रौँ वार्षिक साधारणसभा डाकेको हो। साधारणसभा अपरान्ह साढे १२ बजे शुरु हुने बैंकले जनाएको छ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा र लाभांश प्रयोजका लागि बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
