बैंकको खबर । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गर।ेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।
बैंकले मंसिर २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा १९औं वार्षिक साधारणसभा बोलाएको हो। साधारणसभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।
साधारणसभाले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु साधारणसभामा सहभागि हुन र त्यहाँबाट पारित भएको लाभांश प्रप्त गर्न सक्नेछन् ।
