बैंकको खबर । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २९ गते मंगलबार ३९औँ वार्षिक सधारणसभा बोलाएको छ । बैंकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सभा सुरु हुने जनाएको छ ।
साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको १९ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु साधारणसभामा सहभागि हुन र त्यहाँबाट पारित हुने लाभांश प्राप्त गर्न सक्नेछन्।
