बैंकको खबर । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
