बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टर (Chiropractic and Manual Therapy Centre) मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । छुट दिने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता पश्चात एनआईसी एशियाका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउन सक्नेछन् ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा छुट पाउन सकिने बैंकले स्पष्ट पारेको छ ।
थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
