बैंकको खबर । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
