बैंकको खबर । नेपाल राष्ट्र बैंकल आज बजारबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ । प्रणालीमा लगानीयोग्य पैसा थुप्रिदै गएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत लगातार पैसा तान्दै आएको छ ।
निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले ८४ दिनका लागि ९० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ फागुन १७ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जानेगरी आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
