बैंकको खबर । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा दिएको छ । निश्चित अवधिका लागि सार्वजनिक गरिएको योजना अनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट पाउनेछन् ।
ग्राहकहरुले लकरमा आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्ने बैंकले जनाएको छ । देशभर रहेका आफ्ना १५० वटा शाखामा विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध रहेको पनि जानकारी दिएको छ ।
लकर सेवामा दिएको छुट सुविधाबाट ग्राहकहरुलाई सेवा प्रयोग गर्न सहज, सरल, सहुलियत प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
