बैंकको खबर । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त भएका छन् ।
लघुवित्त सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई २०८२ मंसिर १९ देखि २०८६ मंसिर १८ गतेसम्म चार वर्षका लागि नियुक्त गरेको हो ।
