काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकमा कार्यकारी निर्देशक भई काम गरेका मानन्धर पछि तत्कालिन नेपाल बंलादेश बैंक र लुम्बिनी बैंकमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए ।
उनकै पहलमा प्राइम कमर्सियल बैंक स्थापना गरिएको थियो । उनले प्राइम कमर्सियलबाट अवकाश भएका थिए ।
उनले संयुक्त राष्ट्र संघीय साद्य तथा कृषि संगठनमा परामर्शदाता भई समेत काम गरेका थिए ।
