बैंकको खबर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले ललितपुरको ज्वागलमा रहेको क्यूरा हेल्थ प्रालिमा स्वास्थ्य सेवा लिँदा छुट पाउने भएका छन् ।
छुट उपलब्ध गराउनेसम्बन्धमा बैंक र क्यूरा हेल्थबीच सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता अनुसार प्याथोलोजि ल्यावको विविध सेवा (नमुना संकलनको लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १२ देखि २५ प्रतिशतसम्म छुट हुने छ ।
सम्झौतापत्रमा २०८२ मंसिर १९ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थको तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर भएसँगै ल्याबबाट प्रदान गरिने सहुलियत पूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।
