बैंकको खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २२ गते, सोमबार) अन्तिम दिन रहेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्दैछ। त्यसैले दोस्रो बजारमा आजसम्म कारोबार भई कायम शेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन र त्यहाँबाट पारित हुने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा २१औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।
