काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ७०० रुपैयाँ बढेको छ भने चाँदी २० रुपैयाँ घटेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलाको तीन हजार ५८५ रुपैयाँ कायम भएको छ ।
