बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा चार अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस्तो लगानी मुद्दती निक्षेपको रुपमा गर्न लागेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा तीन अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ६५ करोड २५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीका २१ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेप राख्न लागेको हो ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर २३ गते राति ७ बजेसम्म ब्याजदर र लिन चाहेको रकम प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार यो लगानी सन् २०२५ डिसेम्बर १४ देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लागि हुनेछ । निक्षेप लिन राष्ट्र बैंकले तोकेका विभिन्न सर्तहरु भने पुरा गरेको हुनुपर्छ ।
