बैंकको खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ।
बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै ५ प्रतिशत बोनस शेयर समायोजन गरेर नयाँ मूल्य दिएको हो ।
समायोजनपछि बैंकको शेयरमूल्य ३८६ रुपैयाँ ४८ पैसा कायम भएको छ । हिजो सोमबार बैंकको शेयर ४०५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।
बैंकले आफ्नो एक्काइसौँ वार्षिक साधारण सभा पुस ७ गते गर्दैछ । साधारणसभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजसहित ५.३५८३ प्रतिशत नगद लाभांश पारित गर्दैछ ।
