काठमाडौं । शेयरबजार बुधबार समान्य अंकले बढेको छ । कारोबार मापन नेप्से परिसूचक १.३७ अङ्कले बढेर २ हजार ५८५.८७ विन्दुमा कायम भएको हो ।
कुल ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २६० कम्पनीमध्ये १४२ वटाको शेयरमूल्य घटेको छ भने १११ वटाको बढेको छ । बाँकी सात वटाको स्थिर रहेको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच ५.३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४.२६ प्रतिशतले घटेको छ ।
सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको १४ करोड ४९ लाख ३५ हजार ३८३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
सूचीकृत १३ समूहमध्ये ६ वटा बढेका छन भने ७ वटा घटेका छन् ।

Leave a comment