बैंकको खबर । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङप्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।
बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि भुक्तानी गर्दा ग्राहकले आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकारमा १० प्रतिशत छुट पाउनेछन् ।
आर्ईएमई हस्पिटालिटीले आफ्नाविभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इलाहोटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा सो छुट प्राप्त हुने बैंकले जनाएको छ ।
हस्पिटालिटीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a comment