बैंकको खबर । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले सो रकम १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत तान्न लागेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जानेगरि कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । निक्षेपको साँवा तथा ब्याज भुक्तानी पुस २५ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

Leave a comment