काठमाडौँ । विश्व बजारमा चाँदीको मूल्य लगातार बढिरहेको छ । सोहीकारण अहिले चाँदी सबैभन्दा धेरै मूल्यवान सम्पत्ति मध्येमा समावेश भएको छ ।
आपूर्ति अवरोध, बढ्दो औद्योगिक माग र अमेरिकी ब्याजदर कटौतीको कारण पछिल्लो समय चाँदीको मूल्य बढेर प्रतिऔंस ७९ डलरभन्दा माथि पुगेको छ । यहीकारण चाँदी विश्वको सबैभन्दा मूल्यवान सम्पत्ति बन्दै गएको छ । चाँदीको मूल्य सन् २०२५ मा मात्रै १८१ प्रतिशतले वृद्धि भएको छ ।
अहिले बजार मूल्यका आधारमा टेक दिग्गज एप्पल र अल्फाबेटलाई उछिनेर चाँदी विश्वको तेस्रो ठुलो मूल्यवान सम्पत्ति बनेको छ । चाँदीको बजार विश्वव्यापी पूँजीकरण ४.४ ट्रिलियन डलर पुगेको छ । जो एनभिडिया भन्दा ८.१ प्रतिशत मात्र पछाडी छ ।
सुन ३१.५ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ सबैभन्दा मूल्यवान सम्पत्तिको रूपमा एक नम्बरमा छ । त्यसपछि एनभिडियाको ४.६ ट्रिलियन डलर रहेको छ । चौथो नम्बरमा एप्पलको ४.०५ ट्रिलियन डलर र पाचौंमा अल्फाबेटको ३.८ ट्रिलियन डलर बजार पुँजीकरण रहेको छ ।

Leave a comment