बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन नेपालगंजमा सम्पन्न भएको छ । सो सम्मलेनमा ८०० सय भन्दा बढी कर्मचारी सहभागि रहेको संघले जनाएको छ ।
पुस ११ र १२ गते सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा रबिन्द्रप्रसाद चौलागाईं , वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिती निवार्चित भएको हो ।
महाधिवेशनले लिएको नीति र नेतृत्वले कर्मचारीमा उच्च मनोबल कायम गर्न साझा एजेन्डामा एकताबद्ध भई कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको वृद्धिमा जोड दिने विश्वास गरिएको छ ।

Leave a comment