बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि १ वर्ष अवधिको ऋणपत्र बिक्री गर्ने भएकको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै २०८२ पुस १४ गते बोलकबोलमार्फत २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको जानकारी गराएको हो ।
यो ऋणपत्रको नामा ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’’ रहेको छ । ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्थाले पुस १४ गते मध्यान्ह २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सक्नेछन् । ऋणपत्र निष्काशन पुस १४ गते नै हुनेछ ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस १४ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
बोलकबोल गर्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म गर्न सक्नेछन् ।
यो ऋणपत्र केन्द्रीय बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

Leave a comment