काठमाडौं । कोष प्रवद्र्घक− नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक− नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको ‘नेपाल लाइफ समृद्धि लगानी यो’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु बिक्रीमा ल्याउने भएको छ । सो ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट प्रति इकाइ १० रुपैयाँको दरमा १६ करोड इकाइले हुन आउने कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड जारी गर्न अनुमति दिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि १० वर्षको रहेको छ । निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको ईक्रा नेपालबाट कोष प्रबद्र्घको लागि रेटिङ आईसीआरएएनपी एए माइनस प्राप्त गरेको छ । जसले वित्तीय दायित्व समयमा बहन गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा रहेको संकेत गर्छ ।
फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा निष्काशन पश्चात् लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ ।
योजना व्यवस्थापकद्घारा सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी चाँडै नै सर्वसाधारणहरुको लागि इकाईहरु बित्रीमा ल्याउने कम्पनीले जनाएको छ ।

Leave a comment