बैंकको खबर । नेपाल बैंक लिमिटेडका ग्राहकले नेशनल प्याथल्याब रिसर्च सेन्टर प्रालिमा सेवा लिँदा छुट पाउने भएका छन् । नेशनल प्याथल्याबका विभिन्न स्थानमा रहेका प्याथल्याब क्लिनिकहरुमा सेवा लिँदा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमाखाता रहेका ग्राहकलाई प्याथोलोजि ल्याबको (नमुना संकलनको शर्तहरुमा रहि निःशुल्क होम डेलिभरीको सुविधा सहित) विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १० देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।
सम्झौतापत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथल्याबका प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकहरुले नेशनल प्याथल्याब रिसर्च सेन्टर प्रालिका नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगरमा रहेका प्याथल्याबहरुले प्रदान गर्ने सेवामा छुट पाउनेछन् ।

Leave a comment