काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । पुस २५ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ ।
नाफा वितरण नगर्ने विवरण सहितको वित्तीय विवरण नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

Leave a comment