काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट हुने नगद कारोबारको सीमा घटाएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै हाल १० लाखसम्म नगद कारोबार भएकोमा माघ १ गतेदेखि ५ लाख रुपैयाँसम्म गर्न सक्ने व्यवस्था गरेको हो ।
अब ५ लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी गर्दा बैंकहरुले अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा हुनेगरी भुक्तानी गर्नुपर्नेछ ।
लघुवित्तमा पनि ५ लाखभन्दा बढीको भुक्तानी चेकबाट
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि पनि नगद भुक्तानीको सीमामा कडाई गर्दै नयाँ निर्देशन जारी गरेको छ ।
नगद कारोबारको सीमा १० लाखबाट घटाएर ५ लाख रुपैयाँसम्मको करोबार गर्न पाउने व्यवस्था लघुवित्त वित्तीय संस्थाहरुमा पनि लागू हुनेछ । यस्तै, ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्टपेयी चेकमार्फत गर्नुपर्नेछ ।

Leave a comment