बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेडले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
बस्याल सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध रहँदै आएका छन् । उनले बैंकमा प्रबन्धकदेखि काम सुरु गरेर नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिकामा रहेका काम गरिसकेका छन् ।
बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा समेत काम गरेका थिए ।
बस्यालसँग बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण अनुभव शासिल गरेका छन् ।

Leave a comment