काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको २८ सय रुपैयाँ बढेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । जुन अहिलेसम्मको उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलाको २१० रुपैयाँ बढेर तोलाको ४९९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै धेरै हो ।

Leave a comment