काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते)देखि सर्वसाधारणका लागि आीईपीओ निष्काशन गरेको छ । कम्पनीले यसअघि आयोजना क्षेत्र प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओनिष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत (२ अर्ब रुपैयाँको २ करोड कित्ता शेयर) निष्काशन गर्नका लागि अनुमति पाएको थियो ।
कम्पनीले आयोजना प्रभावितका लागि १ करोड कित्ता, वैदेशिक रोजगारीमा रहेका हरुलाई १० लाख कित्ता, सामुहिक लगानी कोषहरुका लागि ५ लाख कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएको थियो । बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो ।
आईपीओेमा आवेदन दिन चाहने सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा छिटोमा माघ ४ र ढिलोमा माघ १४ लगतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Leave a comment