काठमाडौं । नेपाली बजारमा आज (पुस २९ गते) पनि सुनचाँदीको मूल्य बढेर उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १८ सय रुपैयाँ बढेर २ लाख ७६ हजार ५ सय रुपैयाा पुगेको छ । यो मूल्य सुनको अहिलेसम्मकै उच्च हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १४५ रुपैयाँ बढेर ५३४० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगाता मूल्य बढ्दै गएपछि नेपालमा पनि सुनचाँदीको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।

Leave a comment