काठमाडौं । पुस १४ गतेयता लगातार ऋणपत्र बिक्री गर्दै तरलता व्यवस्थापन गरेको नेपाल राष्ट्र बैंकले आज (पुस २९ गते)पनि २० अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याएको छ ।
राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी गरेको हो ।
अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आजै जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । ऋणपत्र राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र खरिद गर्न पाउनेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

Leave a comment