बैंकको खबर । नेपाल एसबीआई बैंकको सिन्धुली स्थित घ्याङलेख २ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको छ । लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ५र६ जनाको समूहले बैंकको सो शाखाबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।
लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ ।

Leave a comment