बैंकको खबर । छिमेक लघुवित्त वित्तीय संस्थाको २४औंँ वार्षिक साधारण सभा हेटांैडाको होटल सामनामा सम्पन्न भएको छ । लघुवित्तका सञ्चालक समिति अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा पुस २९ गते मंगलबार साधारणसभा सम्पन्न भएको लघुवित्तले जनाएको छ ।
साधारणसभाले गत अर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको २५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिले १२.५ प्रतिशत नगद र १२.५ प्रतिशत बोनस शेयर वितरण गर्न प्रस्ताव गरेको थियो ।
सभाले अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिवेदन समेत अनुमोदन गरेको छ । यस्तै, चुक्ता पूँजी ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैयाँबाट वृद्धि गरि ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैयाँ ५० पैसा पु¥याउने निर्णय समेत गरेको छ ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारे जानकारी दिएका थिए ।
साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रुपमा चार वर्षका लागि प्रकाशराज विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

Leave a comment