बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (पुस ३० गते) पनि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता रहेपछि केन्द्रीय बैंकले दैनिकजसो ऋणपत्र निष्काशन गरेर नगद व्यवस्थापन गरिरहेको छ । पुस १४ गतेयता केन्द्रीय बैंकले आज सहित ९ पटक ऋणपत्र निष्काशन गरेको छ । हिजोसम्म ऋणपत्रमार्फत केन्द्रीय बैंकले कुल एक खर्ब ७५ अर्ब रुपैयाँ तानिसकेको छ ।
अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आजै जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । ऋणपत्र राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र खरिद गर्न पाउनेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

Leave a comment