काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर आज पनि नयाँ उचाई कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँ बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३१५ रुपैयाँले बढेर तोलाको ५६५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो ।

Leave a comment