काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस ३० गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.५२ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment