काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। आज (शुक्रबार) बिहान देखि लागू हुनेगरी नयाँ मूल्य तय गरिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ र डिजेल तथा मट्टितेलको एक रुपैयाँ घटेको छ ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ।
सुर्खेत र दांङ क्षेत्रमा पेट्रोल १५५ रुपैयाँ र डिजेल तथा मट्टितेल १३५ रुपैयाँ निर्धारण गरिएको छ । यस्नै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका स्थानहरुमा पेट्रोल १५३ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको हो ।

Leave a comment