Home बैंक वित्त ४२ दिनका लागि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
बैंक वित्त

४२ दिनका लागि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

Share
Share

२०८२ असार १ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न  आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । 

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४२ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउने भएको हो । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार अपराह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्नुपर्नेछ । 

आज संकलन गरेको निक्षेपको साँवा तथा ब्याज आगामी साउन ११ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । 

📎 Attached Document

📄 Attached File: document_2519_४२_दनक_लग_बजरबट_४०_अरब.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies