Home पुँजी बजार ट्रेड टावरको आईपीओ बाँडफाँट
पुँजी बजारबैंक वित्त

ट्रेड टावरको आईपीओ बाँडफाँट

Share
Share

२०८२ असार १ गते आइतबार । 

बैंकको खबर । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। होटल क्रिष्टल, गौशाला, काठमाडौँमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको एक सय रुपैयाँ अंकित दरका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । 

२० लाख ७४ हजार २८५ जना सर्वसाधारण लगानीकर्ताले कुल २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएको थियो । 

स्वीकृत मध्ये सेयर बाँडफाँट हुँदा ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट भएको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies