Home पुँजी बजार ग्लोबल आइएमई क्यापिटलले ‘ग्लोबल आइएमई समुन्नत योजना २’ निष्काशन गर्दै
पुँजी बजारबैंक वित्त

ग्लोबल आइएमई क्यापिटलले ‘ग्लोबल आइएमई समुन्नत योजना २’ निष्काशन गर्दै

Share
Share

२०८२ असार १ गते आइतबार । 

बैंकको खबर । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ सार्वजनिक निष्काशन गर्ने भएको छ । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये १.५० प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले र १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पुँजीको रुपमा राख्नेछ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री हुनेछ ।

यो योजनामा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने छन्।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतियको यो योजना ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ । 

योजनाको इकाई खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै इकाई बिक्री नभएमा बिक्री निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ । 

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies