Home पुँजी बजार सेयरबजार झिनो अंकले बढ्यो
पुँजी बजारबैंक वित्त

सेयरबजार झिनो अंकले बढ्यो

Share
Share

२०८२ असार १ गते आइतबार । 

सेयर खबर । असार महिनाको पहिलो कारोबार दिन आज सेयरबजार झिनो अंकले बढेको छ । नेप्से ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा कायम भएको छ । 

कारोबार भएका २४७ कम्पनीमध्ये १५७ वटाको सेयरमूल्य घटेको छ । बाँकी ९० कम्पनीको सेयरमूल्य भने बढेको छ । 

परिसूचक सामान्य रहेको भएपनि कारोबार भने उच्च भएको छ । ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भएको छ । 

आजको कारोबारमा विकास बैंक समूह ०.४८, जलविद्युत् ०.९६, उत्पादन तथा प्रशोधन १.४७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् । 

वाणिज्य बैंकहरुको कारोबार मापन गर्ने बैंकिङ समूह ०.४४ प्रतिशत, फाइनान्स ०.५९, होटल तथा पर्यटन ०.०६, लगानी ०.७६ र जीवन बीमा ०.५४ प्रतिशतले घटेका छन् । त्यस्तै, लघुवित्त ०.३१, म्यचुअल फण्ड ०.४१ र अन्य समूह ०.४६ प्रतिशतले घटेका छन् ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, पियोर इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर लिमिटेडको ८९ करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies