Home अन्तर्राष्ट्रिय इरानमाथि इजरायलको आक्रमणका कारण भारतीय सेयरबजारमा गिरावट
अन्तर्राष्ट्रियबैंक वित्त

इरानमाथि इजरायलको आक्रमणका कारण भारतीय सेयरबजारमा गिरावट

Share
Share

२०८२ जेठ ३० गते शुक्रबार । 

नयाँदिल्ली । इजरायलले इरानमाथि आक्रमण गरेपछि आज भारतको सेयरबजार प्रभावित भएको छ । बजारमा उच्च अंकको गिरावट देखिएको छ । 

सेन्सेक्स ९०० अंक भन्दा धेरैले घटेर ८०,८०० को स्तरमा कारोबार भइरहेको छ। निफ्टीमा पनि लगभग २५० अंकको गिरावट आएको छ। जुन २४,६०० को स्तरमा कारोबार भइरहेको छ।

सेन्सेक्सका सबै ३० सेयर घटेका छन्। बैंकिङ, तेल तथा ग्यास, अटो र आईटी क्षेत्रका कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट देखिएको छ । 

हिजोको एयर इन्डिया विमान दुर्घटनापछि, एयरलाइन्स कम्पनीहरूको सेयर पनि घटेको छ। देशको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोको सेयर ४ प्रतिशत ले घटेको छ। स्पाइसजेट लगभग ३ प्रतिशतले घटेको छ। एयर इन्डिया सञ्चालन गर्ने टाटा समूहको सबै सेयर घटेको छ।

इजरायलले इरानमाथि आक्रमण गर्नु बजारमा गिरावट आउनुको सबैभन्दा ठूलो कारण मानिएको छ । 

दुई ठूला देशहरूबीच युद्ध हुँदा लगानीकर्ताहरू आत्तिन्छन् र सेयर बजारबाट पैसा निकाल्न थाल्छन्। यस पटक इजरायलले इरानको आणविक अड्डा र सैन्य स्थलहरूमा आक्रमण गरेको छ, जसका कारण मध्य पूर्वमा युद्ध अझ बढ्न सक्ने डर छ। त्यसैले सेयर लगानीकर्ताहरु आत्तिएर बजारबाट पैसा निकाल्न खोजिरहेका छन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies