काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ३ हजार ७ सयले बढेर २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८६ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १३५ रुपैयाँले बढेर ५३३५ मा कारोबार भइरहेको छ ।

Leave a comment