काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा १.०४ प्रतिशत बढेको छ । कम्पनीले ६ महिनामा २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतवर्ष यो अवधिमा कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.४५ प्रतिशत र कुल आम्दानी २७.५९ प्रतिशत बढेको छ। यस्तै, दाबी भुक्तानी ३०.७१ प्रतिशत र कुल खर्च ३०.०६ प्रतिशत बढेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा पुगेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात ४१.११ गुणा रहेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ। कम्पनीको महाविपत्ती कोषमा २८ करोड ९८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४३ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित रहेको छ।

Leave a comment