काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १४ हजार ४ सयले बढेर ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले बढेर ५६ सयमा कारोबार भइरहेको छ ।

Leave a comment