काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १९ करोड ६१ लाख रुपैयाँको तुलनामा २.९२ प्रतिशत बढी हो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १४.६३ प्रतिशतले बढेको छ भने कुल आम्दानीमा १०.०३ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, कुल दाबी भुक्तानी ११.३४ प्रतिशत र कुल खर्च १०.७४ प्रतिशतले बढेको छ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि सुधारिएको छ। पुस मसान्तसम्ममा कम्पनीको २३ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। सोही अवधिमा प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको महाविपत्ती कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्समा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ।

Leave a comment