Home पुँजी बजार सेयरबजारमा १० अर्बको कारोबार, नेप्से २५ अंकले बढ्यो
पुँजी बजारबैंक वित्त

सेयरबजारमा १० अर्बको कारोबार, नेप्से २५ अंकले बढ्यो

Share
Share

२०८२ जेठ २७ गते मंगलबार । 

सेयर खबर । सेयरबजारमा मंगलबार  १० अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार मंगलबार  १० अर्ब १६ करोड रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भएको छ । 

नेप्से परिसूचक पनि २५.०७ अङ्कले बढेर २ हजार ६७८.१७ को विन्दुमा पुगेको छ । 

कारोबारमा आएका २४८ कम्पनीमध्ये १९६ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली देखिएको हो । तर यसदिन ५२ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । 

आजको कारोबारमा सबै समूह बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ५.१२ प्रतिशतले बढेको हो । बैङ्किङ ०.९३, विकास बैङ्क ०.७१, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.४६, लगानी ०.६८ र  जीवन बीमा १.०८ प्रतिशतले बढेको हो । त्यस्तै, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.६१, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा १.२६, व्यापार १.०७ र अन्य समूह १.५१ प्रतिशतले बढेको हो ।

प्युअर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयर ५८ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति आज मात्रै ४१ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण पनि १४ अर्ब रुपैयाँ बढेर १५ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies